Home » बैशाख पहिलो साता ५ ठाउँमा एकैपटक पञ्चश्री महायज्ञ गरिँदै, तयारी तिव्र

बैशाख पहिलो साता ५ ठाउँमा एकैपटक पञ्चश्री महायज्ञ गरिँदै, तयारी तिव्र

by newnagarikdiary
0 comment

चैत्र २४ पोखरा । बैशाख पहिलो साता तिन जिल्लाका ५ स्थानमा पञ्चश्री महायज्ञ हुने भएको छ । श्री मुक्तिनाथ सन्त सेवाश्रम रामघाटको आयोजनामा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको लागि पर्वत, बाग्लुङ र म्याग्दीका ५ स्थानमा एकैपटक आगामी बैशाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ गर्न लागिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

अन्नतश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनााचार्य श्री महाराज ९श्री मुक्तिनाथ बाबा०को नेतृत्वमा पर्वतको जलजलास्थित मृगसरोवरकालञ्जर समाज समृद्धि महायज्ञ, बाग्लुङको रारायिकोट समाज समृद्धि महायज्ञ, मालिका भगवती तथा गौशला समाज समृद्धि महायज्ञ बाग्लुङ, म्याग्दीको सिद्धभूमि समाज समृद्धि महायज्ञ र म्याग्दीकै गौश्वाँरा महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समिति पोखरा – १० रामघाट, कास्कीले जनाएको छ ।

पाँचै स्थानमा गरिने महायज्ञ विगतका महायज्ञभन्दा फरक रहेको स्वामी श्री कृष्ण प्रपन्नचार्यले बताए । महायज्ञमा सहभागी हुने भक्तजनहरुले अध्यात्मीक शान्तिको महशुस गर्न सक्ने बताइएको छ । यसका साथै महायज्ञमा समग्र राष्ट्रको समृद्धिका लागि श्रीपञ्चलक्ष्मीको विषेश हवन गरिनुका साथै साधकको आन्तरिक शान्तिको लागि योग, ध्यान, जप, पाठपरायण, संस्कृतन, मन्त्रलेखन गरिने उनले बताए ।

पञ्चश्रीमहायज्ञ सम्पन्न गर्नका लागि पाँचै स्थानमा स्थानिय श्रद्धालु भक्तजनहरुको सक्रियतामा तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार एउटा यज्ञ ११ जना विद्वान आचार्यहरुको नेतृत्वमा सञ्चालन हुनेछ ।

महायज्ञले समाजमा विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनमानसमा धर्म, संस्कार तथा संस्कृतिको प्रेम र आध्यात्मिक साधानाको अनुभव हुने स्वामी प्रपन्नचार्यले विश्वास व्यक्त गरे । उनले विभिन्न हिसावले महत्वपूर्ण रहेको ऐतिहासिक महायज्ञमा सहभागी हुन सबैलाई आह्वान गरे ।

साथै आगामी बैशाख १ गते महायज्ञको शुभारम्भको दिन बिहान ७।०५ बजे सबैले आ–आफ्नो पूजाकोठा वा तुलसीको मठमा दीप प्रज्ज्वलन गरी शंख घण्ट ध्वनी गर्दै तुलसीको मठमा बाँसको लिङ्गा बनाई ॐका अंकित झण्डा सहित ध्वजा रोहण गर्ने र साँझ दीपप्रज्ज्वलन गर्नका लागि आग्रह गरिएको प्रबक्ता सदर्शन शास्त्रीले जानकारी दिएका छन् ।

आयोजक समितिका उपाध्यक्ष मिना भट्टराईले महायज्ञमा सहभागि भई पुण्य लाभ गर्नु हुन आग्रह गरेकि छिन् ।

Related Articles

Leave a Comment