Home » बागमती प्रदेश सभाको बैठक बस्दै: यस्तो छ सम्भावित कार्यसुची

बागमती प्रदेश सभाको बैठक बस्दै: यस्तो छ सम्भावित कार्यसुची

by newnagarikdiary
0 comment

शिर्षक: बागमती प्रदेश सभाको बैठक बस्दै: यस्तो छ सम्भावित कार्यसुची
आज बागमती प्रदेश सभाको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेश सचिवालय स्रोतले जानकारी दिएको छ ।

बाग्मती प्रदेशका पूर्व मुख्य मन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ल्याएका पाँच वटा अध्यादेश जारी शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।ती अध्यादेश ६० दिनभित्र विधेयकमार्फत प्रमाणित गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार प्रदेश सभाको बैठकमा आज छलफल गर्ने बुझिएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने छ ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

Related Articles

Leave a Comment