Home » बर्राचौरमा युवा संघ गठन, अध्यक्षमा दिपक भट्टराई, सचिवमा सुवास गिरी

बर्राचौरमा युवा संघ गठन, अध्यक्षमा दिपक भट्टराई, सचिवमा सुवास गिरी

by newnagarikdiary
0 comment

विहादी पर्वत
पर्वतको विहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा राष्ट्रिय युवा संघ नेपाल वडा स्तरिय कमिटि गठन गरिएको छ । दिपक भट्टराईको अध्यक्षतामा ५१ सदस्य राष्ट्रिय युवा संघ नेपाल बर्राचौर वडा कमिटि सर्वसम्मत रुपमा गठन गरिएको हो । जसको उपाध्यक्षमा यमलाल गिरी र तारा बहादुर नेपाली रहनुभएको छ भने सचिवमा सुवास गिरी चयन हुनुभएको छ । त्यस्तै सहसचिवमा सर्मिला हिताङ्ग र कोषाध्यक्षमा गोविन्द पौडेल चयन हुनुभएको छ

सदस्यहरुमा मेलिना हिताङ्ग, राजु ठकुरी, प्रकाश नेपाली, रामु पोडेल, सार्जन नेपाली, रोहित पुरी, विमल पराजुली, सन्दिप पुरी, बिनोद भट्टराई,पदम गिरी, आनन्द पराजुली, किरण गिरी, छविलाल भट्टराई, योगेश पराजुली, प्रदिप पराजुली लगाएत हुनुहुन्छ । न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिर्वतन युवाको काधमा भन्ने मुल नाराका साथ बुधबार आयोजना गरिएको भेलाले राष्ट्रिय युवा संघ नेपाल वडा स्तरिय कमिटि गठन गरेको हो ।


भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एव् प्रमुख अतिथि राम गिरीले संगठनको कामलाई चुस्त, दुरुस्त र वैज्ञानिक तवरले सञ्चालन गर्न र जिम्मेवारीलाई शक्ति विन्यासको सिद्धान्तका आधारमा प्रत्येक सदस्यलाई जिम्मेवारी वोधका साथ कामको परिभाषित क्षेत्रमा प्रतिफल आउने गरि कार्यविभाजनको रुपमा भातृ संगठन तथा विभागहरु पर्टीले बनाउदै आएको बताउदै पार्टीको मुल सिद्धान्त र विचारको रक्षा, प्रयोग, विकास र प्रचारमा युवा संघले बिशेष चासोका साथ काम गर्नुपर्नेमा जोडदिनुभयो ।
उहाँले समाजमा हुने विभेद, बिकृती,बिसंगती, सामाजिक असमान्ता, अनियमितता लगाएतका अमर्यादित क्रियाकलापको खुलेर भण्डाफोर गर्न युवा संघले नेतृत्व गर्दै जानुपर्नेमा जोड दिनुभयो । गरिब तथा निमुखा, उत्पिडीत र मजदुर वर्गको पक्षमा खुलेर काम गर्न निर्देशन समेत दिनुभयो ।

विहादी गा.पा. वडा नं. २ का वडाध्यक्ष एवं् एमाले नेता ओम प्रसाद कुवरले पार्टीको भविष्य उज्वल बनाउने जिम्मा युवाको काँधमा आएको भन्दै सक्रियताका साथ पार्टी संगठन मजबुत बनाउन तर्फ केन्द्रित हुन युवाहरुलाई निर्देशन दिनुभयो । युवा परिवर्तनको संवाहक ,विद्रोहको जननी, समृद्धिको आधार र गतिशिलताको पर्याय भएकाले तदारुकताका साथ काम गर्न युवाहरुलाई आग्रह पनि गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल बर्राचौर वडा कमिटिका निर्वतमान अध्यक्ष सुदिप कुवरको अध्यक्षतामा भएको भेलाको सञ्चालन अनेरास्वव्यु जिल्ला कमिटि सदस्य शुसिल गिरीले गर्नुभएको थियो ।

Related Articles

Leave a Comment