Home » बजारमा मनपरी, मूल्यवृद्धि अकासिँदा पनि नियामक निकाय मौन

बजारमा मनपरी, मूल्यवृद्धि अकासिँदा पनि नियामक निकाय मौन

by newnagarikdiary
0 comment

दसैंमा खाद्यवस्तुको भाउ अचाक्ली बढ्यो । दसैंलगत्तै तिहारको मुखमा पनि भाउ अकासिएको छ । तिहारमा खपत हुने विद्युतीय झलर,

चिनी, तेल, काजु, किसमिस, ओखरलगायत वस्तुको मूल्य अति बढेको छ । चाडबाडमा हुने अस्वाभाविक मूल्य वृद्धि यो पहिलो पटक भएको भने होइन । चाडबाड आउनेबित्तिकै बजारभाउ तात्न थालिहाल्ने उपभोक्ता

अधिकारकर्मी बताउँछन् । उत्पादक, आयातकर्ता मात्र होइन, होलसेलसँगै खुद्रामा मनोमानी मूल्य निर्धारण गर्ने गरिएको छ । तर नियामक निकाय भने यसको नियन्त्रणमा सक्रिय हुँदैनन् । कृत्रिम अभाव, कालोबजारी, मूल्य नियमन तथा गुणस्तर नियन्त्रणका सम्बन्धमा

नियामक निकायबीच समन्वयसमेत हुँदैन । बजार नियमन तथा हस्तक्षेपका लागि दर्जनौं निकाय छन् । तर तिनको काम प्रभावकारी देखिएको छैन । ‘बजारमा हुने अनैतिक क्रियाकलाप, मूल्य वृद्धि नियन्त्रणलगायतका लागि धेरै निकाय छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक योगेन्द्र गौचनले भने, ‘तर विडम्बना, यी निकायबीच समन्वय हुँदैन, जसकारण बजारमा सुधार देखिएन ।’

हाल उपभोक्ता हकहित तथा बजार नियमन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, कृषि विभाग र पशुसेवा विभाग छन् । यी निकायबाहेक जिल्ला प्रशासन कार्यालय, प्रदेश र स्थानीय तह पनि छन् । तर बजार सुधारका लागि उनीहरूबीच समन्वय छैन । कतिपय अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिले यहाँ पनि असर परेको गौचन बताउँछन् । केही वस्तुमा भएको मूल्य वृद्धि भन्सार दर घटाएर पनि नियन्त्रण गर्न सकिन्छ ।

यसका लागि अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल हुन आवश्यक रहेको उनको भनाइ छ । ‘कतिपय वस्तुको मूल्य वृद्धि स्वाभाविक भए पनि त्यसका नाममा बढी मूल्य पनि बढाइन्छ,’ गौचनले भने, ‘यी सबका लागि नियामक निकाय चनाखो हुन जरुरी छ ।

कान्तिपुर दैनिक बाट’

Related Articles

Leave a Comment