Home » फेवाताल संरक्षण गर्न गुरु योजना तयार

फेवाताल संरक्षण गर्न गुरु योजना तयार

by newnagarikdiary
0 comment

फेवाताल संरक्षण गर्न गुरु योजना तयार गरिएको छ । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्सांकन समितिले गुरुयोजना अनुसार काम भए तालको संरक्षण र विकास गर्न सकिने दाबी गरेको छ । समितिले तालको दीर्घकालीन संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना तयार गरेको हो । समितिले तयार पारेको गुरुयोजना लागू गर्न तीनै तहका सरकारलाई सिफारिससमेत गरिएको सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले बताउनु भयो ।  समितिले तालको संरक्षण तथा विकासको लागि आगामी दिनमा गरिनुपर्ने कार्य सूचिकृत गरी सरकारलाई सिफारिस गरेको निवर्तमान संयोजक पौडेलले बताउनु भयो ।

तालको संरक्षण गर्न तयार पारिएको गुरु योजनाले ताल संरक्षण सँगै  ताल अतिक्रमण हुनबाट जोगिने पौडेलको दाबी छ ।  समितिले एकीकृत प्रतिवेदनका अलवा फेवाताल सीमाभित्र परेका कित्ता जग्गाहरूको छानबिन तथा ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजना सरकारलाई बुझाएको छ ।  समितिले ताल संरक्षण र ताल क्षेत्रको विकास गर्नका लागि परामर्शदाता संस्थाको सहयोगमा गुरुयोजनाको छुट्टै प्रतिवेदन तयार पारेको थियो । ‘फेवातालको गुरुयोजना नेपालको अहिलेसम्मको ठूलो गुरुयोजनाको रुपमा अगाडी सारेको छ ।’पौडेलले भन्नु भयो ।

समितिले निमार्ण गरेको गुरु योजना कार्यान्वयन गर्न  ७६ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  गुरुयोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विभाजन गरी कार्यान्वयन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।   प्रतिवेदनमा फेवातालमा मिसिएको ढलको पानी व्यवस्थापनका लागि गैराको चौतारादेखि अन्डरग्राउन्ड रुपमा ढल बनाएर फुस्रे खोलामा जलविद्युत उत्पादनलाई प्राथमिकता दिइएको छ । समितिको २ महिना पहिले कार्यकाल सकिएको थियो ।

Related Articles

Leave a Comment