Home » प्रेस चौतारी नेपाल कास्कीको पदाधिकारी सर्वसम्मत चयन

प्रेस चौतारी नेपाल कास्कीको पदाधिकारी सर्वसम्मत चयन

by newnagarikdiary
0 comment

प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी सर्वसम्मत चयन हुनुभएको छ । चौतारी कास्कीको संयोजक समेत रहनुभएका गिरीको अध्यक्षतामा ३० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । जसको उपाध्यक्षमा मोतिसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन हुनुभएको छ ।

सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना,दीपक अधिकारी, दीपेन्द्र शाही,निरज बसौला र शिव बोहोरा चयन हुनुभयो ।


अधिवेशनको नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्धघाटन गर्दै गुरुङले समग्र पत्रकारिताको विकास र सुदृढिकरणको लागि प्रेस चौतारी नेपालले आफुलाई सधै अग्रपक्तिंमा राख्नुपर्नेमा जोडदिनुभयो । फरक प्रशंगमा उहाँले आगामी १० गते हुन गईरहेको नेकपा एमालेको महाधिवेशन बाट सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने गरी तयारी भईरहेको समेत बताउनुभयो ।
उद्धघाटन सत्रमा नेकपा एमाले गण्डकी प्रदेशका संयोजक किरण गुरुङ, पूर्व युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी लगाएतले बोल्नुभएको थियो ।

Related Articles

Leave a Comment