Home » प्रधानमन्त्री र ओली बिच ५ घण्टाको वार्ता मन्त्रीपरिषदले आजै पूर्णता पाउने

प्रधानमन्त्री र ओली बिच ५ घण्टाको वार्ता मन्त्रीपरिषदले आजै पूर्णता पाउने

by newnagarikdiary
0 comment

सरकारलाई पूर्णता दिने विषयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै ५ घण्टा छलफल भएको छ ।

ओली निवास बालकोटमा बिहान १० बजेदेखिको छलफलले आजै मन्त्रिपरिषदबारे टुंगोमा पुग्ने सहमति भएको छ । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारबारे आजै टुंगोमा पुगिने बताए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक भोलि मंगलबार बस्ने बताएका छन् । मंगलबार विस्वासको मत दिने नेताहरुको बिचमा बैठक हुने दाहालले बताएका छन् ।

सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा केन्द्रदेखि प्रदेश सम्मका सरकार विस्तार हुन सकेका छैनन् ।

यसअघि पनि ओली र प्रचण्ड बिच विभिन्न समयमा वार्ता हुदै आएको छ । ओली प्रचण्डको वान टु वान पछि अन्य सत्ता साझेदार दलका नेताहरुसँग ओली र प्रचण्डले पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने गरेका छन्

Related Articles

Leave a Comment