Home » प्रधानमन्त्री भन्नुहुन्छ – राष्ट्रपतिमा राष्ट्रिय सहमति नै हुन्छ

प्रधानमन्त्री भन्नुहुन्छ – राष्ट्रपतिमा राष्ट्रिय सहमति नै हुन्छ

by newnagarikdiary
0 comment

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको मंगलबारको पदाधिकारी बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयनमा लाग्नेः बताएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले निर्वाचन आयोगले फागुन २५ गतेको लागि निर्वाचन मिति तोकिसकेको हुनाले सर्वसहमतीबाट राष्ट्रिय सहमति जुटाएरै जाने निर्णय भएको बताए ।

गत बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको पनि विश्वास लिएर कसरी अघि बढ्न सकिन्छरु भनी प्रश्न सोधेका थिए । यसैगरि एमाले र र कांग्रेससंग पनि निरन्तर वार्तामा रहनुभएका प्रधानमन्त्री दाहालले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्ने र गठबन्धन जोगाएरै जाने बताए ।

Related Articles

Leave a Comment