Home » प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हट्ने दाबी गरेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताउनु भयो । उहाँले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको उल्ल्ेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताउनु भयो । ओलीलाई प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न उहाँको आग्रह थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको जिकिर गर्नुभयो । उहाँले एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताउनु भयो

Related Articles

Leave a Comment