Home » प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

सोमबार प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो । प्रमुख तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको थियो ।

१० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री दाहालले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले भने आक्रमक बन्दै आएको छ ।

Related Articles

Leave a Comment