Home » प्रधानमन्त्री दाहाल कतारको दोहा जाने तयारिमा

प्रधानमन्त्री दाहाल कतारको दोहा जाने तयारिमा

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानमन्त्री दाहाल कतारको दोहा जाने तयारिमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको दोहा जाने तयारीमा जुटेका छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन दाहाल दोहा जाने तयारीमा रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

फागुन २१ देखि २५ गते सम्म आयोजना हुन लागेको अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो । प्रधरानमन्त्रीमा नियुक्त भएसंगै दाहलको यो पहिलो विदेश भ्रमण हुनेछ ।

Related Articles

Leave a Comment