Home » प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् ।

संविधानको धारा ७६को उपधारा २ बमोजिम गठन भएको मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले आज विश्वासको मत लिने भएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।

Related Articles

Leave a Comment