Home » प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिकाे निर्वाचनमा काग्रेससंग छलफल गर्ने

प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिकाे निर्वाचनमा काग्रेससंग छलफल गर्ने

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखकाे निर्वाचनमा काँग्रेससंग पनि छलफल हुने बताएका छन् |

यसअघि राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति बनिसकेको बताइएका बेला प्रचण्डले शनिबार सबै दलसँग छलफल गर्ने विषयले चर्चा पाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले केही विश्वासकाे मत दिएकाले कांग्रेसप्रति पनि अाफ्नाे दायित्व रहेकाे भन्दै राष्ट्रपति, सभामुखलगायतकाे निर्वाचनअघि कांग्रेससँग छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् ।

एमालेसँग गठबन्धन बनाउँदा कांग्रेस विपक्षमा नरहेका कारण अवस्था नयाँ ढंगबाट अगाडि बढेको उनको भनाइ छ ।

कांग्रेसले पनि सत्ता गठबन्धनका दलहरूसँग सभामुखका विषयमा छलफल गर्ने निर्णय नै गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण पदका विषयमा कांग्रेससहितको सर्वदलीय बैठक बोलाउने बताएर कांग्रेसलाई स्पेस दिन खोजेको स्पष्ट पारेका छन् ।

Related Articles

Leave a Comment