Home » प्रधानमन्त्रीलाई भेटेर फर्किए रवि के देलान दाहालले गृह मन्त्रालय

प्रधानमन्त्रीलाई भेटेर फर्किए रवि के देलान दाहालले गृह मन्त्रालय

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डेढ घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बोलाएको पदाधिकारी बैठक साढे १२ बजे बस्ने भएको छ । प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको पार्टी सचिवालयले बताएको छ । आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिको चुनावसम्म मन्त्रालय आफूसँगै राख्ने पक्षमा देखिनुभएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटैर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गर्नुभएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदेखिएको बुझिएकोछ । लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई समेत असर गर्ने भन्दै दाहालले लामिछानेका सबै विषय नसुल्झिएसम्म पुरानै जिम्मेवारी सुम्पनि नसकिने बुझिएको छ ।
यद्दपी लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ । माओवादीको पदाधिकारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।

हिजो बसेको पदाधिकारी बैठकमा पार्टीको संगठनसम्बन्धी विषयमा छलफल भएको थियो । भने गृह मन्त्रीको विषयमा बनेपछी मात्र थाहा हुने प्रधानमन्त्री दाहालले बताउनुभएको थियो । भने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरूले धारणा राखेका थिए ।

Related Articles

Leave a Comment