Home » प्रदेश एक काे दाेस्राे जित

प्रदेश एक काे दाेस्राे जित

by newnagarikdiary
0 comment

सुनसरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले लगातार दोस्रो जित निकालेको छ।

इटहरीमा आज भएको खेलमा लुम्बीनी प्रदेशलाई ९ रनले पराजित गर्दै प्रदेश एकले दोस्रो जित निकालेको हो । प्रधेश एकले दिएको ६० रनको लक्ष्य पछ्याएको लुम्बीनी मात्र ५० रन बनाउन सक्यो । खेल मैदान भिजेको कारण खेल ९ ओभरमा घटाइएको थियो । प्रदेश एककी सन्गिता राइले ३ विकेट लिइन् भने सवनम राई,ज्योती दनवार र रुवीना क्षेत्रीले समान एक एक विकेट लिए । लुम्बीनीकी लक्ष्मी चौधरीले ३१ रन बनाएपनि टोलीको हार टार्न सकिनन् । त्यस अघि पहिला ब्याटीङ गरेको प्रदेश एकले निर्धारित ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो । प्रदेश एककी काजल श्रेष्ठले २१ रन र रुवीना क्षेत्रीले १७ रन बनाइन् । जीतसंगै प्रदेश एक दुई खेलमा ४ अंक बटुलेर समुह बीको शिर्ष स्थानमा पुगेको छ । लुम्बीनी २ अंक जोडेर दोस्रोमा अवस्थीत छ ।

Related Articles

Leave a Comment