Home » प्रदेश १मा मुख्यमन्त्रीको शपथ लिदै हिक्मतकुमार कार्की

प्रदेश १मा मुख्यमन्त्रीको शपथ लिदै हिक्मतकुमार कार्की

by newnagarikdiary
0 comment

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

उनको शपथ दिउँसो गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रीमण्डल गठन पनि आजै गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Related Articles

Leave a Comment