Home » प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते

प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते

by newnagarikdiary
0 comment

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोमवार मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले सपथ ग्रहण गराउनुभएको थियो । अहिलेको प्रतिनिधिसभामा नयाँ अनुहार आएकाले पनि प्रतिनिधिसभाको अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

Related Articles

Leave a Comment