Home » प्रतिनधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले के भने ?

प्रतिनधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले के भने ?

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनधिसभामा विश्वासको मत मागेका छन् ।

दाहालले अहिले पनि मुलुक सानोतिनो संकटमा रहेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । पुष २६ गते विश्वासको मत माग्दा सम्बोधन गर्दै दाहालले नागरिकस्तरमा भएका समस्या हल गर्ने प्रधानमन्त्री निगरानी कार्यक्रम संचालन, निर्माणाधिन सडक र रणनीतिक महत्वका आयोजना पाँच वर्षमा सम्पन्न, सार्वजनिक यातायात व्यवस्था प्राधिकरण गठन, सबै क्षेत्रमा शिक्षा स्वास्थ्यको सहज पहुँच र ईन्टरनेटको पहुँच विस्तार तथा सेवाप्रवाहलाई सहज र विकाश निर्माणलाई तिव्रता दिन आफु गतिशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुनिने देखिने र जनताले अनुभूत गर्ने सेवक बन्ने तथा कर्मचारीतन्त्रमा भएका दरबन्दीका समस्या समेत समाधान गर्ने दाहालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहिद बेपत्ता परिवारलाई उचित व्यवस्था, राष्ट्रिय हितको रक्षा स्वतन्त्र परराष्ट्र नीतिमा जोड दिने र सीमा समाधान प्राथमिकता रहेको दाहालको प्रतिबद्धता छ ।

Related Articles

Leave a Comment