Home » प्रचण्ड सहित तिन दलको सहमती जुटदै माधव नेपाललाई सर्वसम्मत राष्ट्रपति

प्रचण्ड सहित तिन दलको सहमती जुटदै माधव नेपाललाई सर्वसम्मत राष्ट्रपति

by newnagarikdiary
0 comment

सत्ता रुढ तिन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् ।

नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन भाेलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएकाे छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न आज बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय प्रस्तावित गर्ने सहमति जुटेकाे उच्च स्रोतले जानकारी दिएको छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ ।

आजकाे वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेकाे र भाेलि एमाले अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।

Related Articles

Leave a Comment