Home » प्रचण्डलाई विश्वासकाे मत दिएकाेप्रति काेईराला समुहकाे असन्तुष्टि

प्रचण्डलाई विश्वासकाे मत दिएकाेप्रति काेईराला समुहकाे असन्तुष्टि

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको आइतबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार यी विषयमा केन्द्रीत भएर समूहका नेताहरुले आ आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरुले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए ।

देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराएका थिए । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरुले असन्तुष्टि समेत पोखेका थिए ।

यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दवाव दिनुपर्नेमा पनि नेताहरुले निष्कर्ष निकालेका छन् ।

Related Articles

Leave a Comment