Home » प्रकाशमानको भोट माग्दै बाबुराम भट्टराई

प्रकाशमानको भोट माग्दै बाबुराम भट्टराई

by newnagarikdiary
0 comment

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचन विशिष्ट भएकाले आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको बताए ।

Related Articles

Leave a Comment