Home » पोखरेली गुरुङहरुले मनाए ट्होटें पर्व

पोखरेली गुरुङहरुले मनाए ट्होटें पर्व

by newnagarikdiary
0 comment

चैत्र २९ पोखरा । तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरेली तमुहरु धुमधामका साथ मनाएका छन् ।

वर्षमा दुई पटक चैत्र र साउनको तिन मंगलवार तमु गाँउ, ह्युलमा मनाउदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवाईमा सामुहिक रुपमा पोखरासभा गृहमा भेला भई ट्होटें र्‍याली विभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोहका साथ विविध कार्यक्रम गरी ट्होटें मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले प्रकृति र पितृको नाउमा धुप हाली प्रारम्भ गरेका थिए ।

तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सिमा कटाउदै सभ्य तमु ह्युलका लागि मनाउदै आएको परम्परागत पर्व ट्होटें समारोहको उद्घाटन गर्दै मुख्य मन्त्री नेपालीले ऐतिहासिक सभ्यता, सँस्कृतिको विकास गर्दै आएको तमु समुदायको सँस्कृति विकासको थलो क्होला सोंथरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने पहल गर्ने बताए । उनले मौलिकता संरक्षण, सँस्कृतिको विकासका लागि प्रदेश सरकार तमु समुदायको साथमा रहेको भन्दै कोदोको रक्सीलाई विधिगत रुपमा विकास गर्ने उनको भनाई थियो।

कार्यक्रममा तमु धि नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालले आफ्नो सँस्कृति संरक्षण र विकास गर्दै सामुहिकता विकास गरेको बताइन् । ट्होटें पर्व मात्रै नभएर ऐतिहासिक महत्व रहेको उनले बताइन् ।

गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले शुभकामना व्यक्त गर्दैै तमु समुदाय र गोर्खाहरुको शहरमा तमुहरुले हरेक क्षेत्रमा अगुवाई गर्न जोड दिनुपर्ने बताइन् ।

तमु धिं नेपालका साँस्कृतिक संयोजक कृष्णुकुमार गुरुङले ट्होटें पर्वको महत्वका बारेमा चर्चा गर्दै अब तमुहरुलाई सामुदायिक प्रणाली अघि बढ्ने प्रावधान गर्ने विकास गर्नुपर्ने बताए ।

ट्होटेंमा आयोजित र्यालीमा बगर तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोस्रो, तनहँु तमु समाज तृतिय हुदै ३० हजार, २० हजार र १० हजार सहित ट्रफीबाट पुस्कृत भए ।

यस्तै र्‍यालीमा फुलवारी तमु समाज, दीप तमु समाज, याङ्जाकोट तमु समाज, सिद्धार्थ तमु समाज, र डडुवा दुर्छा तमु समाजलाई विशेष सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुल्यांकन समितिका संयोजक वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले र्‍यालीमा उत्कृष्ठताको घोषणा र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

Related Articles

Leave a Comment