Home » पोखरा १३ को सदस्यमा परियारद्वारा अटेरी उम्मेद्वारी घोषणा

पोखरा १३ को सदस्यमा परियारद्वारा अटेरी उम्मेद्वारी घोषणा

by newnagarikdiary
0 comment

बैशाख ७ पोखरा । पोखरा १३ को वडा सदस्य पदका लागि अटेरी ९स्वतन्त्र० उम्मेद्वारी घोषणा भएको छ । पोखरा १३ वडा सदस्य पदका लागि सीता परियारले उम्मेद्वारी घोषणा गरेकी हुन् ।
यसअघि पोखरा १३ वडाध्यक्ष पदका लागि अमृतबहादुर विक, सदस्य पदमा केशबहादुर गुरुङ र सागर बरालले स्वतन्त्र उम्मेद्वारी घोषणा गरि सकेका छन् । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य लक्ष्यसहित सुरुआत भएको यो अभियान अहिले देशव्यापी बनेको छ ।
अटेरी अभियानले पोखरा महानगरको पोखरा लक्ष्य २०७९, वडा नम्बर २, २६ र १४ को कार्ययोजना सार्वजनिक गरि सकेको छ । अहिले अभियान चुनाव लक्षित कार्यक्रम र छलफलमा जुटेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

Related Articles

Leave a Comment