Home » पोखरा विमान दुर्घटनाका यात्रुमध्ये २६ जनाको शव पहिचान खुल्यो

पोखरा विमान दुर्घटनाका यात्रुमध्ये २६ जनाको शव पहिचान खुल्यो

by newnagarikdiary
0 comment

पोखरा विमान दुर्घटनाका यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको हो ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको अस्पतालले बताएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए।

Related Articles

Leave a Comment