Home » पोखरा विमानस्थलमा हवाई यात्रुको चाप, दैनिक २५ सयले गर्छन ओहोरदोहोर

पोखरा विमानस्थलमा हवाई यात्रुको चाप, दैनिक २५ सयले गर्छन ओहोरदोहोर

by newnagarikdiary
0 comment

पोखरा विमानस्थलबाट पछिल्लो हप्ता दैनिक २५ सय यात्रु ओहोरदोहोर गर्न थालेका छन् । मौसमी अवस्था सामान्य हुँदा पोखरा विमानस्थल यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म संचालन भईरहेको छ । दैनिक १० घण्टा विमानस्थल संचालन हुदाँ पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच हुन थालेको हो । पोखरा विमानस्थल बाट साना तथा ठुला गरि ६० वटा हवाई उडान संचालन हुन्छ । ति मध्ये ३० ओटा साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट पनि हुन् ।
यात्रुको संख्या दिनहुँ बढिरहँदा हवाइ कम्पनि पनि उत्साही देखिन्छन् । पोखरा विमानस्थल बाट काठमाडौँ सहित भैरहवा,भरतपुर, नेपालगञ्ज, सिमरा, जोमसोम र विराटनगर हवाई जहाज संचालन हुने गर्दछ भने पर्यटक सयर गराउने हेलिकोप्टर र अल्ट्रालाईट जहाज पनि उडान हुने गर्दछ ।
यस विमानस्थल बाट बुद्ध एयरले दिनमा १५,यतीले ६ वटा,गुण एयरलाइन्सले दिनमा ६ वटा उडान गरिरहेको छ । यसका अलवा यहाँ तारा सहितका अन्य एयरले पनि उडान भर्दै आएका छन् । हेलिकप्टर र अल्ट्रालाइट उडानले गर्दा पनि पोखरा विमानस्थल बढी व्यस्त बनाएको छ । पोखरा विमानस्थल बाट अल्ट्रालाइटले पोखरा घुम्ने पर्यटकहरुको लागि उडान भर्ने गर्छ भने ईमरजेन्सि,हिमालयन फलाईट तथा अन्य पर्यटकिय स्थल जाने पर्यटकको लागि हेलिकोप्टरले उडान भर्ने गर्दछ ।

 

Related Articles

Leave a Comment