Home » पोखरा वडा ८ को योजना तर्जुमा गोष्ठी सम्पन्न

पोखरा वडा ८ को योजना तर्जुमा गोष्ठी सम्पन्न

by newnagarikdiary
0 comment

असार ४ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ ले वर्ष २०७९÷०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । योजना तर्जुमा गोष्ठीमा वडा ९ स्थित विभिन्न संघसंस्था, टोल विकास समिति, क्लव, आमा समुह, वडास्थित राजनीतिक दलका प्रतिनिधी, जननिर्वाचित प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले वडा भित्र आफ्नों संस्थाले गर्न चाहेका योजनाका बारेमा अवगत गराएका थिए । स–साना गतिविधीभन्दापनि ठूला खाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधीलाई सुझाव दिए । भौतिक विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, शौचालय, चौतारा, पार्क निर्माण लगायतमा उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रनाथ बरालले गोष्ठीमा उठेका सुझाव तथा कार्यक्रमहरुलाई आगामी योजनामा समेटन सक्दो प्रयास गर्ने बताए । उनले वडास्थित विभिन्न सामाजिक संघसंस्थाहरुसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

Related Articles

Leave a Comment