Home » पोखरा महानगर काँग्रेस सभापतिमा सुरेन्द्रमान बिजुक्छे

पोखरा महानगर काँग्रेस सभापतिमा सुरेन्द्रमान बिजुक्छे

by newnagarikdiary
0 comment

पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे  सभापतिमा निर्वाचित हुनुभएको हो ।

आइतबार बिहान घोषित मत परिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभएको हो । कुल १३ सय ४४ मत खसेकोमा प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो ।

महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३ , मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली काँग्रेसको पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो ।

यसै गरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै  प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै  भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका ६ जना प्रत्यासी रहेकोमा  निर्दोशविक्रम पौडेलले  ४०७, राजेन्द्र बरालले  ३७५, कृष्णप्रसाद अधिकारीले  ३६८ र शिव केसीले १६८ मत प्राप्त गर्नुभयो ।

दुई जना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गर्नुभयो  । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गर्नुभयो ।

सहसचिवमा ५८० मत प्राप्त गर्दै  संघर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै  सञ्जय आले निर्वाचित हुनुभयो  ।   सहसचविका  ६ उम्मेदवार मध्ये  नरेन्द्र बास्तोलाले  ४३१, पुष्पराज सिग्देलले  २४४, रवीन कायस्थले  २७८, लक्ष्मी बास्तोलाले  ३८६ मत प्राप्त गर्नुभयो ।

Related Articles

Leave a Comment