Home » पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

by newnagarikdiary
0 comment

जेठ २८ पोखरा । सडकका छाडा चौपाया हटाउने र ढल तथा नाला सफाई अभियान सुरु गरेको पोखरा महमानरपालिकाले शनिबार देखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ ।

महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चलाइने छ । त्यसका लागि काम सुरु भएको उनले जानकारी दिए । ‘महानगर अन्तर्गतका मुख्य सहरी सडक र सहायक सडकहरुमा जहाँ खाल्डा खुल्डी परेका छन्, त्यहाँ तत्काल टाल्ने अभियान सुरु भएको छ । जहाँ अत्यावश्यक छ । नागरिकले सडकका खाल्डाखुल्डीका कारण समस्या भोग्नुएको छ । त्यहाँ अहिले प्राथमिकता दिएका छौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँढंगले खाल्डा खुल्डी परेका ठाउँमा जानकारी पाएको तीन दिन भित्र पुरिसक्नेगरी पूर्वाधार र जनशक्ति तयार पार्ने योजनामा छौं । अहिले अत्यावश्यक र गर्र्नै पर्ने ठाउँमा अभियान चलाएका छौं’ उनले भने ।

महानगरका सवइन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार शनिबार पोखरा ५ चिल्डेन पार्क देखि सोपाल तमु समाजसम्म सडकका खाल्डाखुल्डी पुर्ने काम भएको छ । ‘पहिलो दिन हामीले चिल्ड्रेन पार्क देखि सोपाल तमु समाजसम्मको सडकका खाल्डाखुल्डी टाल्ने काम ग¥यौं । अब क्रमस अत्यावश्यक ठाउँमा टाल्दै जाने हो’ उनले भने ।

सवइन्जिनियर तिमिल्सिनाका अनुसार अहिलेको सडक टाल्न प्रयोग भएको प्रविधि केही झन्झटिलो रहेकाले खाल्डा खुल्डी टाल्न केही झन्झट पनि छ । अलकत्र पोल्नुपर्ने र यसो गर्दा केही प्रर्दुशण हुनेभएका कारण जुनसुकै ठाउँमा पोल्न स्थानीयले ठाउँपनि नदिँदा समस्या पर्नेगरेको उनले सुनाए । आगामी दिनमा सजिलो प्रविधि भित्र्याउने योजनामा महानगर रहेकाले नागरिकले जहाँ समस्या भोग्नुपर्ने अवस्था आउँछ त्यहाँ सडक टाल्ने वा स्तरोन्नती गर्न सहज हुने उनले बताए ।

पोखरा महानगरपालिकाले शुक्रबारदेखि थालेको ढल तथा नाला सफाई अभियान अन्तर्गत दोस्रो दिनसम्म २५ टन फोहोर संकलन गरिएको छ । पहिलो दिन १६ टन फोहोर नालाबाट निकालिएको र दोस्रो दिन ८ टन फोहोर नालाबाट निकालिएको महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

ढल सफा गर्ने काम सडक विभागका कर्मचारीले गरेका छन् भने त्यसको व्यवस्थापनको काम पोखरा महानगरले गरेको छ । ढल तथा नाला सफाई अभियानको शुक्रबार सुरु भएको हो ।

Related Articles

Leave a Comment