Home » पोखरा बसपार्कको नाला निर्माण सुरु, तीन वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क निर्माण गर्छौं : मेयर आचार्य

पोखरा बसपार्कको नाला निर्माण सुरु, तीन वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क निर्माण गर्छौं : मेयर आचार्य

by newnagarikdiary
0 comment

जेठ २५ पोखरा । पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए । उनले प्रदेश सरकारले थालेपनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका छन् । जुनबेला बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो, त्यसबेला बसपार्कको रुपमा निर्माण गर्ने भनिएपनि अब ठूलो बसपार्क भने पोखरा ३३ लामेआहालमा बन्ने उनले बताए । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई समेत सिटी बसपार्ककै रुपमा विकास गर्ने जानकारी दिएका छन् ।

गएको १० वर्षमा पोखराको जनसंख्या बढेर दोब्बर भएको उल्लेख गर्दै अहिले पाँच लाख भन्दा धेरै जनसंख्या पोखरा बस्ने गरेको र पोखरा आउजाउ गर्नेसहित गरेर २० लाखको संख्या रहेको उनले बताए । यही अवस्थालाई मध्येनजर गरेर कम्तिमा पनि २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाई छ । पोखरामा अब तीन वटा व्यवस्थित बसपार्क आवश्यक रहेकोमा उनले जोड दिए ।

निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धौलागिरीबाट  प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने उनको दाबी छ । उनले पोखरा बसपार्कमा देखिएका सबै समस्यालाई हल गरेर बसपार्क निर्माण गरिने भन्दै कसैलाई पनि अन्याय हुन्छ कि भनेर नसोच्न समेत आग्रह गरे । ‘यहाँ केही जग्गाका समस्याहरु छन् । अरु अन्य केही समस्याहरुपनि छन् । ति सबै समस्याको समाधान गरेर हामी तीन वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं । कसैले अन्याय हुन्छकी भनेर सोच्न जरुरी छैन । पोखरा निर्माणका लागि सबै सकारात्मक बनौं र योगदान दिउँ’ उनले भने ।

आफूहरु जनताको सेवक भएकाले विकास निर्माणमा सहकार्य गर्न उनले स्थानीयलाई आग्रह गरे । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता समेत जनाए ।

आफूले सपथ लिएको ९ दिन भएको भन्दै उनले दिन गनेर काम गर्ने समेत दोहो¥याएका छन् । तर, आजै भएन अहिले नै भएन भनेर भन्नु भन्दापनि त्यसका लागि केही समय पर्खन उनको आग्रह थियो । विगतमा तीन वटा सरकारका बीचमा समन्वय नभएपनि अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय तह बीच समन्वय भएरै काम हुने उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले निर्वाचनका बेला बसपर्कबाट नै काम सुरुवात गर्ने प्रतिवद्धता जनाए बमोजिम काम सुरु गरेको बताए । ‘अहिले नाला निर्माणको काम सुरु भएको छ । यसलाई नाला निर्माणको सुरु मात्र नभन्नुहोला । मेयर सावले पनि निर्वाचनका क्रममा भनिसक्नुभएको छ । यो बसपार्क हामी तीन वर्षभित्र कम्प्लिट बनाइसक्छौं । अरु बसपार्क पनि बनाउँछौं उनले भने ।

कार्यक्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर गुरुङ र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अधयक्ष कमलबहादुर क्षेत्री लगायतले उक्त अवसरमा बोलेका थिए ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा आएको छ ।

झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।

Related Articles

Leave a Comment