Home » पोखरा–जोमसोम हवाई उडान २३ गतेदेखि नियमित

पोखरा–जोमसोम हवाई उडान २३ गतेदेखि नियमित

by newnagarikdiary
0 comment

पोखरा
कोरोना महामारीपछि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान २३ गतेदेखि नियमित हुने भएको छ । कोरोना संक्रमण दर पनि घट्दै गएको र पर्यटकिय सिजन पनि शुरु हुन लागे सँगै पोखरा–जोमसोम हवाई उडान नियमित गर्न लागिएको हो । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको हो । पोखरा–जोमसोम– नियमित हवाई सेवा दशै अघिदेखिनै सुचारु हुने भएपछि स्थानियवासी पनि खुसी छन् ।
तारा एअरले यही असोज २३ गतेबाट नियमित उडान गर्ने घोषणा गरेको छ । कोरोनाको कारण प्रसिद्ध पर्यटकिय क्षेत्र मुत्तिनाथ तथा मुस्ताङका अन्य पर्यटकिय स्थलमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन ठप्प थियो । देशका अन्यभागमा हवाई सेवा सञ्चालन भैसकेको भएपनि जोमसोमा नियमित उडान भएको थिएन् । तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको कम्पनीले जनाएको छ । जोमसोममा तारा एयरको १९ सिटे बिचक्राफ्ट विमानले उडान भर्दै आएको छ । मौसम उपयुक्त भएको दिनमा पोखरा–जोमसोम दैनिक १५ भन्दा बढी उडान हुने गर्छ । जोमसोममा तेज हावा लाग्ने भएकाले विहान १२ अघिसम्म मात्र उडान हुने गर्छ ।

Related Articles

Leave a Comment