Home » पोखरा जिरोमा खुल्यो आविष्कार पुस्तक पसल तथा स्टेशनरी

पोखरा जिरोमा खुल्यो आविष्कार पुस्तक पसल तथा स्टेशनरी

by newnagarikdiary
0 comment

वैशाख २१ प‍ोखरा । पोखराको जिरो किमीमा आविष्कार पुस्तक पसल तथा स्टेशनरी आजदेखि शुभारम्भ गरिएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था कास्कीद्वारा प्रवर्धित स्टेशनरीमा स्कुल तथा क्याम्पसका पुस्तक, स्टेशनरी, साहित्यिक पुस्तक, खेलकुदका सामान, गिफ्ट आइटम, टाइपिङ, प्रिन्टिङ, फोटोकपी , लेमिनेशनको पनि सुविधा रहेको सहकारीका अध्यक्ष उमानाथ गौतमले जानकारी दिए।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव तथा नेराशिसं गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेलले संगठनमा आबद्ध शिक्षकहरुको सहकार्यमा निर्मित सहकारीद्वारा सञ्चालित पुस्तक पसलको सफलताको कामना गर्दै यस्तो पसल अन्य जिल्लामा पनि खोलिनुपर्ने बताए।

कार्यक्रममा स्वागत मन्तव्य नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले, शुभकामना मन्तव्य पेसागत महासंघ नेपालका स्थायी कमिटी सदस्य रामप्रसाद खनाल, नेराशिसं राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी राखेका थिए ।

नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले सञ्चालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष उमानाथ गौतमको अध्यक्षतामा भएको थियो ।

Related Articles

Leave a Comment