Home » पोखरा चेम्बर अफ कमर्सको अध्यक्षमा यमनाथ

पोखरा चेम्बर अफ कमर्सको अध्यक्षमा यमनाथ

by newnagarikdiary
0 comment

पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । असोज २ गते शनिबार हुनेतेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्यमा सर्वसम्मत भएको हो ।
अधिवेशनबाट अध्यक्ष सहित ११ पदाधिकारी सहित ३६सदस्यीय कार्य समिति निर्वाचित भएका हुन ।
अधिवेशनबाट अध्यक्ष, यमनाथ पौडेल, निवर्तमान अध्यक्ष किसान सुनार,वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग,बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २सचिवमा नविन बराल र विष्णुप्रसाद बास्तोला,कोषाध्यक्ष सुरेश दाहाल, सहकोषाध्यक्षकल्पनादेवी तिमिल्सिना सहित ११ पदाधिकारी निर्विरोध भएका छन् ।
कार्य समितिको सदस्यमा पोखरा महानगरबाट सविन जिसी,कर्पोरेटबाट रुद्रप्रसाद अर्याल र विनोद भुजेल, बस्तुगततर्फबाट पवित्रबहादुर नेपाली, विक्रम पन्त,दिपक तिमिल्सिना र इन्द्रप्रसाद भुवाई छन् । कार्य समिति औद्योगिक क्षेत्रबाट पूर्णशोभा गुरुङ र श्याम मल्ल,नगरतर्फबाट पम्फा देवकोटा, अन्नपूर्ण गाउँपालिकाबाट सुरेन्द्र गुरुङ, इकाईबाट दुर्गादत्त पोखरेल र वडाबाट जीवन ढुंगाना निर्वाचित भएका छन् । कार्य समिति सदस्यमा खुल्लातर्फबाट बोधराज सुवेदी,सुवास सुवेदी, गोकर्ण अधिकारी, पदमलाल श्रेष्ठ, मनहरी दाहाल, विशाल गुरुङ, प्रकाशकुमार श्रेष्ठ, योगकुमारी गौतम,कृष्णराज पोखरेल,कमलबहादुर भुजेल र शम्भु अधिकारी निर्वाचित भएका छन् । चेम्बरको विधान अनुसारपछि ४जनालाई मनोनित गरिने छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले शनिबार साधारण सभाका औपचारिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । सभामा महासचिव उमराज बास्तोलालेवार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदनपेश गर्ने कार्यक्रम छ । साधारण सभाले कोभिड १९ले निजी क्षेत्रमा पारेको प्रभाव लगायत विशेष प्रस्ताव पारित गर्ने निवर्तमान अध्यक्ष किसान सुनारले बताए ।

Related Articles

Leave a Comment