Home » पोखरामा लागूऔषधसहित ३३ वर्षीय युवक पक्राउ

पोखरामा लागूऔषधसहित ३३ वर्षीय युवक पक्राउ

by newnagarikdiary
0 comment

 पोखरामा ठुलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

गोरखा गण्डकी गाउँपालिका -६ घर भई पोखरा -०९ पृथ्वीचोक बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङ ३३३ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका अनुसार गुरुङ डाइजापाम १११ थान , फेनरागन १११ थान र नुर्फिन १११ थान एम्पुलसहित मंगलबार दिउसो ४:३० बजे पृथ्वीचोक बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट  १२  दिन  म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment