Home » पोखरामा महानगरपालिकाको मेयरमा १० उपमेयरमा ३ जनाको उमेदवारी दर्ता

पोखरामा महानगरपालिकाको मेयरमा १० उपमेयरमा ३ जनाको उमेदवारी दर्ता

by newnagarikdiary
0 comment

बैशाख ११ पोखरा । पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन १०जनाले मेयरमा र ३ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । त्यसै गरी वडा अध्यक्ष र सदस्यमा गरी २५ जनाले उमेद्वारी दर्ता भएको छ ।

अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल पोखराको मेयरका लागि पहिलो उमेद्वारी दर्ता गनुृ भएको हो । दर्तापछि मेयरका उमेदवार गनेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उमेदबारी दर्ता गरेको बताए ।

कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको बताए । उनले पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै उमेदवारी दर्ता गरेको बताए ।

त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट एजल तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेशन प्रेम प्रसाद गुरुङ, स्वतन्त्र रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला,किसान सिंह गुरुङ र भुक्तिनाथ सुवेदी मेयर उमेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा सचेत नेपाली पार्टीकी सोनि परियार, मंगोल नशनल अर्गनाइजेसन रामबहादुर तामाङ र सोम माया बिकको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगर पालिका २६ को वडा अध्यक्षमा नारायण प्रसाद आचार्य, पोखरा ३ को वडा अध्यक्षका लागि महेश उदास र पोखरा ३० वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उमेद्वारी दिएका छन् ।

आइतबार अबेरसम्म पनि उमेदवार टुङ्गो नलागेपछि ठुला राजनैतिक दलहरुले भने सोमबार मात्रै उमेद्वारी दर्ता गराउने जनाएका छन् ।

पोखरा महानगर पालीकामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता रहेका छन् । कास्कीमा १ सय ५० मतदानस्थल र ३ सय ३६ मतदान केन्द्र तोकिएको छ । कास्कीमा ५ वटै स्थानीय तहमा ७२ बटा बडामा गरी कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये १ लाख ३३ हजार ७ सय ४२ पुरुष र १ लाख ४८ हजार ८७ महिला रहेका छन् ।

पोखरा महानगर पालीकामा २ लाख ७ हजार १२जना मतदाता रहेका छन । त्यतै गरी अन्नपूर्ण गाँउपालीकामा २० हजार ३सय ४८, माछापुच्छ्रे गाँउपालीकामा २० हजार ३ सय १६, मादी गाँउपालीकमा १८ हजार ७ सय ८२ र रुपा गाँउपालीका १४हजार ६सय ७५ मतदाता रहेका छन ।

Related Articles

Leave a Comment