Home » पोखरामा बन्द गराउँदै हिँड्ने ५ जना पक्राउ

पोखरामा बन्द गराउँदै हिँड्ने ५ जना पक्राउ

by newnagarikdiary
0 comment

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका क्रममा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई यातायात सञ्चालनमा अवरोध पु¥याउन खोज्ने तथा पसल बन्द गराउँदै हिडिरहेको अवस्थामा पोखराका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवत्ता सुन्दर तिवरीले जानकारी दिए । उनीहरुलाई साँझ ५ बजेपछि प्रशासन कार्यालयसंगको समन्वयमा निर्णय गरिने उनले बताए ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटाइएको र गस्ती समेत बढाइएको प्रवत्ता तिवारीले बताए । ‘हालसम्मको अवस्था सामान्य छ । बजारमा केही मात्रामा पसलहरू खुलेका छन्, सवारीसाधनहरू पनि केही संख्यामा चलेका छन्’, प्रवक्ता तिवारीले भने ।

बन्दका कारण पोखरामा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् भने निजी सवारीसाधन पनि फाटफुट रूपमा मात्र चलेका छन् ।

अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुला रहने र त्यसबाहेकका यातायातसहित व्यापार व्यवसाय, कलकारखाना तथा शैक्षिक संस्थाहरू लगायतका क्षेत्र ठप्प छन् ।

Related Articles

Leave a Comment