Home » पोखरामा दिउँसै पानी परेपछि भयो अन्धकार !

पोखरामा दिउँसै पानी परेपछि भयो अन्धकार !

by newnagarikdiary
0 comment

पोखरा । पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साढे ३ बजेपछि भएको वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।
पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् । भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९. ४ सेल्सियस मापन गरिएको छ ।

Related Articles

Leave a Comment