Home » पोखरामा गठबन्धनका आचार्यको अग्रता उपमेयरमा एमालेकी गुरुङ अगाडी

पोखरामा गठबन्धनका आचार्यको अग्रता उपमेयरमा एमालेकी गुरुङ अगाडी

by newnagarikdiary
0 comment

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

भर्खर एक लाख ७ हजार ९६२ मत गणना सकिँदा आचार्यले ४३ हजार २१५ मत प्राप्त गर्दा उनका निकटमा प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ३९ हजार ७९५ मत प्राप्त गरेका छन् । उनीहरुविच ३ हजार ४१७ मतान्तर छ ।

यस्तै राप्रपाका शंकर खरालले ४ हजार ८१५ मत प्राप्त गर्दा लौरो चिन्ह लिएर मेयरको स्वतन्त्र उम्मेद्वारी दिएक गनेश पौडेलले २ हजार ६९३ मत प्राप्त गरेका छन् ।

उपप्रमुख तर्फ एमालेका प्रत्यासी मञ्जुदेवी गुरुङले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई १ हजार ६५९ मतले ‘लिड’ गरिरहेकी छन् । गुरुङले ४४ हजार ९५० मत प्राप्त गर्दा रानाभाटले ४३ हजार २९१ मत प्राप्त गरेकी छन् ।

यस्तै राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ४ हजार ७४१, विवेकशिल साझा पार्टीका माधव भण्डारीले २३५ मत ल्याएका छन् ।

Related Articles

Leave a Comment