Home » पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

by newnagarikdiary
0 comment

जेठ २२ पोखरा । नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमासो कुराको जानकारी दिइएको हो । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ कै कारण हुन सकेको थिएन । यस अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपश्चात पोखरामा प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाश शम्शेर राणाले बताए ।

प्रतियोगिताको सदस्य स्रोत व्यवस्थापन संघ÷प्रदेश,स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट हुने अपेक्षा गरिएको सदस्य सचिवजगनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्र सेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायी समेतको ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन भइसकेको छ ।

प्रतियोगिता सम्पन्न गर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरुबीच छलफल भइसकेको छ । नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको बैठक जेठ २१ र २२ गते पोखरामा सम्पन्न भएको छ । विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको जि।टु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमा गरिएको छ ।

जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् । नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा तपाई हामी सबै लाग्नुपर्ने देखिएको महासचिव दिपराज गुरुङले बताए । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ ८÷८ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुनेछन् ।

दीपक बिष्ट, संगीना बैद्य, सपना मल्ल जस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न यस प्रतियोगिता कोसेढुंगा सावित हुनेछ ।

यस प्रतियोगितो आयोजनाबाट नेपाली तेक्वन्दो खेलाडीहरुले अनुभव प्राप्त गर्न सक्नेछन् । जसबाट आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीहरुलाई सहज हुनेछ । संघले त्यो सहजतालाई पनि विशेष प्राथमिकतामा राखेको जानकारी गराउँछौँ । साथै कोभिड १९ले थलिएको पर्यटन व्यवसाय प्रवद्र्धनमा पनि यो प्रतियोगिता सहयोगी हुने बताइएको छ ।

Related Articles

Leave a Comment