Home » पोखराको मेयरबाहेक कास्की कांग्रेसले अन्यन्त्र एक्लै प्रतिस्पर्धा गर्ने

पोखराको मेयरबाहेक कास्की कांग्रेसले अन्यन्त्र एक्लै प्रतिस्पर्धा गर्ने

by newnagarikdiary
0 comment

बैशाख ११ पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको मेयर बाहेक अरु पदमा गठबन्धन नगर्ने भएको छ ।
स्थानिय तह निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धन भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेद्वारलाई समर्थन गर्नेर बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वारलाई सहयोग गरेपनि बाँकी सबै पालिका र वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनले बताए ।
कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने मागसहित नेता कार्यकर्ताले नियमित दवाब दिएपछि पोखराको मेयर बाहेकका पदमा गठबन्धन दलविच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको सभापति बरालले बताए ।
कांग्रेस कार्यकर्ताले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने मागसहित पार्टी कार्यालयमा नारावाजी तथा तालाबन्दी गरेका थिए ।

Related Articles

Leave a Comment