Home » पोखराको कालिकामा ‘यूवासंग महालक्ष्मी लाइफ’ बीमा सचेतना सम्पन्न

पोखराको कालिकामा ‘यूवासंग महालक्ष्मी लाइफ’ बीमा सचेतना सम्पन्न

by newnagarikdiary
0 comment

पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘यूवासंग महालक्ष्मी लाइफ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका माविमा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।

सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडाध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरे । आचार्यले जीवन बीमा अव मानव जीबनको आधारभुत आवश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनिय भएको बताए । उनले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कर्ममा लाग्न यूवाहरुलाइ आग्रह गरे ।

कार्यक्रममा इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले यूवासंग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा एक सयभन्दा बढी यूवा विद्यार्थीहरुको सहभागीता रहेको इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्सालले जानकारी दिए । पोखरा शाखा प्रमुख एवं कार्यक्रम संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

Related Articles

Leave a Comment