Home » पेरिसडाँडामा २८ औँ जनयुद्ध दिवस:यसरी मनाईयो

पेरिसडाँडामा २८ औँ जनयुद्ध दिवस:यसरी मनाईयो

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रले आइतबार पेरिसडाँडामा २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यलयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो ।

Related Articles

Leave a Comment