Home » पृथ्वी राजमार्गअन्तर्गत कास्की खण्डमा १ हजार भन्दा बढी रुख कटान गर्नुपर्ने

पृथ्वी राजमार्गअन्तर्गत कास्की खण्डमा १ हजार भन्दा बढी रुख कटान गर्नुपर्ने

by newnagarikdiary
0 comment
माधव पराजुली पोखरा 
पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्दा कास्की खण्डमा मात्र १ हजार भन्दा बढी रुख कटान गरिने भएको छ । कास्की खण्डमा मात्र १ हजार २ सय ५० रूख काट्न गर्न वन विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढेको छ ।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गतको कास्की खण्डमा मात्र २१ कि.मी सडक पर्छ । २१ कि.मी. सडकमा रहेको रुख कटान गरिनेछ । उक्त सडक खण्डको निर्माणको जिम्मा पाएको कम्पनीले वन विभाग बाट स्वीकृत प्राप्त हुनासाथ रुख कटनको काम थाल्नेछ ।
विसं २०२६ मा बनेको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै जानथालेपछि एसियाली विकास बैङ्क (एडिबी)को सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड ४ लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न वन विभागबाट स्वीकृति लिई कटान गर्न थालिसकिएको छ । चार लेनको उक्त सडकको सीमा दुईतर्फी २५÷२५ मिटर कायम गरिएको छ  भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ भने दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीको चार लेनको सडकमा ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने देखिएको छ ।  चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ ।

Related Articles

Leave a Comment