Home » पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी

पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी

by newnagarikdiary
0 comment

पुष २७ मा पर्ने पृथ्वी जयन्ती राप्रपाले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

३०१ औं पृथ्वी जयन्ती मनाउन राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले पृथ्वी जयन्ती समारोहका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।

Related Articles

Leave a Comment