Home » पृथ्वीजयन्तीमा दाहाल आज गाेर्खा जाँदै

पृथ्वीजयन्तीमा दाहाल आज गाेर्खा जाँदै

by newnagarikdiary
0 comment

पृथ्वीजयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् ।

अाफू निर्वाचित भएकाे जिल्ला गाेर्खा प्रधानमन्त्री भएसंगै दाहाल पहिलाे पछक जान लागेका हुन् | खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । गोरखा जान लागेको यो पहिलो पटक हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका दाहतलले विश्वासको मत पुष २६ मा पाएका थिए ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका-६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् । सेनाले केही प्रस्तुती समेत दिनेछ |

Related Articles

Leave a Comment