Home » पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन

पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन

by newnagarikdiary
0 comment

कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।
उनले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत निलम्बनमा परेको जनाएको हो ।

कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

Related Articles

Leave a Comment