Home » पुस १६ मेलमिलाप तथा एकता दिवस

पुस १६ मेलमिलाप तथा एकता दिवस

by newnagarikdiary
0 comment

पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठआठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा पुष १६ मा मेलमिलाप दिवस मनाउने गरिन्छ । पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाएको छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्किएको सम्झनामा कांग्रेसले यो दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताएका छन् ।मेलमिलाप दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । यो क्षणमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्नुपर्ने थापा र शर्माको विप्तीमा उल्लेख छ । जनताको मतबाट पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा मात्र यो पटक पछि परेको थापा र शर्माको निष्कर्ष छ । सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनीहरुको भनाइ छ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किएका सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

Related Articles

Leave a Comment