Home » पुष्परामलाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

पुष्परामलाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

by newnagarikdiary
0 comment

चैत ३० काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएपछि नयाँ आइजीपीमा केसीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।
आईजीपीम नियुक्त भएका केसीको कार्यकाल २१ दिनमात्रै रहने छ । उमेर हदका कारण उनले २१ दिनपछि अवकास पाउँदैछन् । केसीसँगै आईजीपीको प्रतिस्पर्धामा एआईजी रमण पौडेल रहेपनि सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
२१ दिनपछि नयाँ आईजीपी केसी सहित एआईजी पौडेल दुबैले उमेर हदका कारण अबकास पाउनेछन् ।

Related Articles

Leave a Comment