Home » : पुरानो र नयाँ गठबन्धनको समानान्तर सहमति नजुटदा दाहाल थप संकटमा

: पुरानो र नयाँ गठबन्धनको समानान्तर सहमति नजुटदा दाहाल थप संकटमा

by newnagarikdiary
0 comment

शिर्षक: पुरानो र नयाँ गठबन्धनको समानान्तर सहमति नजुटदा दाहाल थप संकटमा
ओली र नेपालबीच सोमबार भएको भेटवार्ता पश्चात माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारमा एकाएक अघि आएको छ । तर नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको बताएको छ ।

ओली र नेपालबीच सोमबार भएको भेटवार्ता पश्चात माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारमा एकाएक अघि आएको छ । राष्ट्रपतिकै विषयमा केन्द्रित पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकको निर्णयपछी नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको बताएका छन् । नेता खनालले सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गरेको तर राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे माधव कुमार नेपाल मौन बसेको कारण राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गरेर मात्र निचोडमा पुग्ने बताउनुभएको छ । खनालले एमालेसँग एकता गर्ने कुनै आधार नभएका कारण हाल पार्टी एकता नहुने बताएका थिए ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको बताए । पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने र दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने ।खतिवडाले राष्ट्रपतिमा कसैले प्रस्ताव गरे धारणा बनाउने बताउँदै हालसम्म राष्ट्रपतिमा कसैले पनि अहिलेसम्म पार्टीलाई प्रस्ताव नगरेको बताउनुभएको छ । राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको खतिवडाको भनाइ छ । माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा भने एमाले नेताहरु लचक देखिएका छन् । एमाले नेताहरुका अनुसार पुष १० को सहमतिअनुसार नै एमालेले अगाडी सारेको उम्मेद्वारनै राष्ट्रपति हुने र हाल पात्रका विषयमा एमाले लचक हुन तयार तर एमालेले अगाडी सारेको व्यक्तीलाई राष्ट्रिय सहमति जुटाएर समझदारी गरेर जाने बताउँदै आएका छन् ।

मंगलबार दैलेखमा पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव योगेश भट्टराई पारंटी भित्र नेतृत्वले गरेका निर्णयमा सहमति असहमति राख्ने ठाउँ प्रशस्त भएको बताउँदै माधव नेपाल राजनीतिक क्षेत्रको योग्य व्यक्ती भएको र नेपाल राष्ट्रपति भए एमालेकै समर्थनमा हुने हुँदा एमाले सकारात्मक भएको बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि भेटवार्ता भएको र उक्त भेटमा अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको खबर आएका थिए । माधवकुमार नेपाल राष्ट्रपति बनाइए र एमाले संग एकताको समझदारी बनेमा अहिलेको सत्ता गठबन्धनदलभित्रै राजनीतिक उचारचढाव आउने देखिन्छ । भने अर्कातर्फ संविधानको धारा ७६ ९३०मा जान एमालेलाई बाटोसमेत खुल्न सक्छ । त्यो भनेको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने अवस्थाको विश्लेषण समेत हुन थालेको छ । कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने अवस्थामा पुगेका दाहाललाई नेपालको नामले अप्ठ्यारो पारेको छ ।

Related Articles

Leave a Comment