Home » पुम्दीकोटमा जारी महायज्ञमा एक करोड ६१ लाख संकलन

पुम्दीकोटमा जारी महायज्ञमा एक करोड ६१ लाख संकलन

by newnagarikdiary
0 comment

वैशाख १० पोखरा । पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको सातौं दिन करिब ४० लाख रुपैया संकलन भएको समितिले जनाएको छ ।

महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानिय कलावती बरालबाट २ लाख ५५ हजार ५ सय ५५, पोखराका समाजसेवी प्रेम बहादुर जिसीबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।

त्यसै गरी महायज्ञमा पोखरा ८ सिमलचौरका डा।आनन्द बहादुर श्रेष्ठबाट १ लाख ७० हजार, पोखरा ३ तेर्सापट्टी निवासी चिरन्जिबी योग माया द्धवाबाट १ लाख १७ हजार, स्याङजा फेदीखोला हाल पोखरा पार्दी विरौटा निवासी घनश्याम शर्मा लामिछाने १ लाख ५ हजार ५ सय ५५, पोखरा २२ डाँडाथोक धनरुपा बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लुकुनस्वाँराका चेतभक्त बरालबाट १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त भएको छ ।

त्यस्तै महायज्ञमा पोखरा १७ विरौटाका नरपति देवकोटाले ५० हजार ५ सय ५५, पोखरा २२ स्वाँराका बिष्णु माया बरालबाट ५० हजार १ सय २५ रुपैया प्राप्त भएको सहसंयोजक बरालले जानकारी दिए । शनिबार महायज्ञमा बिहानैदेखि बेलुकासम्म अत्याधिक घुईचो भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए ।

नियमित चल्ने माइक्रो बस सहित शुक्रराज मावि र आमा घर पाठशालाको बसले शनिबार दिन भरी जसो यातायात सेवा निःशुल्क उपलब्ध गराएको आर्थिक उपसमितिका संयोजक डिल्लीराम बरालले बताए । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्दै आएका छन् । पोखराको पार्दी विरौटा (बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको छ ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । महायज्ञमा आमा धनरुपा बरालको नाममा एक लाख १ हजार सहयोग गर्दै मन्त्री बरालले पुम्दी भुम्दी सहित पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बिशाल महादेवको मुर्तिका अपुरा कार्य पुरा गर्न सवै एक हुनु पर्नेमा जोड दिए ।

पुम्दीकोटलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न समितिका अध्यक्ष चन्द्रकान्त बराल नेतृत्वको टोलीले पुराएको योगदानलाई मन्त्री बरालले प्रशंसा गर्दै उक्त अभियानमा सहयोग गर्नेहरु प्रति आभार समेत व्यक्त गरे ।

विशाल महादेवको मुुर्ति अभियानमा थप आवश्यक पर्ने बजेट व्यबस्थापन गर्न मन्त्री बरालले राज्यको तर्फबाट थप सहयोग जुटाउन पुनः पहल गर्ने बताए । बिशाल महादेवको मुर्ति निर्माण अभियान अन्र्तगत वडा देखि पुम्दीकोटसम्मको सडक पिचको लागि १२ करोडको टेण्डर भएर काम अघि बढेको उनले बताए ।

Related Articles

Leave a Comment