Home » पहिरोमा पुरिएर ३ जनाको मृत्यु, एक बेपत्ता

पहिरोमा पुरिएर ३ जनाको मृत्यु, एक बेपत्ता

by newnagarikdiary
0 comment

खरा
अविरल बर्षाका कारण पोखरा महानगरपालिका वडा नं. २० भलाममा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुधबार साझ देखि परेको निरन्तरको पानीले घर पुरिदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षकी सुनमाया तामाङको मृत्यु भएको हो भने उहाँका तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । ९ वर्षका राजकुमार श्रेष्ठ भने घाइते भएका छन् ।
यस्तै अविरल बर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ११ भञ्ज्याङ नमुना टोल बस्ने ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । उहाँकी १४ वर्षीय छोरी सृष्टि नेपाली घाइते भएको र उहाँको मणिपाल शिक्षण अस्पतालमामा उपचार भइरहेको छ । लक्ष्यकी श्रीमती र दुई छोराको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment